सामाजिक न्यायको आधार, सकारात्मक समाचार

header_ad

शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ।

May 25, 2025

सर्वप्रथम शिक्षा भन्नाले ज्ञान प्राप्त गर्ने प्रक्रियालाई बुझिन्छ। शिक्षालाई मानव को तेश्रो आँखाको रूपमा पनि हेर्ने गरिन्छ। शिक्षा एक प्रगाति शील र परिवर्तन शील समाज को मूल आधारशिला हो।यसले समाजमा एउटा ब्यक्तिलाई असल , कर्तव्यवन, कर्मनिष्ठा नागरिकको रुपमा निर्माण गर्दछ। त्यसै गरी प्राविधिक शिक्षा भन्नाले विज्ञान ,प्रविधि,र ब्यबसायिक क्षेत्रीहरु को ज्ञान प्रदान गर्ने शिक्षा बुझिन्छ।यसले विद्यार्थीलाई रोजगारीका लागि तयार पार्दछ।आधुनिक युगमा प्रविधिक शिक्षाको माग दिन प्रति दिन बढ्दै जाँदा नेपालमा पनि प्रविधिक शिक्षा को अति आवश्यक परेको छ।

जसले एउटा नेपाल जस्तो विकास उन्मुख राष्ट्रको लागि दक्ष जनशक्ति तयार पार्दछ र बेरोजगारी निर्मुलमा प्रमुख भूमिका निर्वाह गर्दछ। प्रविधिक शिक्षा नेपालमा किन आवश्यक छ? प्रविधिक जनशक्तिले नयाँ प्रविधि, उद्योग, आधारभूत संरचना निर्माण गर्दछ र राष्ट्को आर्थिक प्रगतिमा ठूलो योगदान पुर्याउँछ। यसले मानिसको क्षमता ,दक्षत र सृजनशीलता बढाएर मानिसलाई काम गर्ने ऊर्जा प्रदान गरी देश मा रहेको बेरोजगार निर्मूल गर्दछ। प्रविधिक ज्ञान प्रदान गरी युवा देशको दिगो विकासमा समावेश गराएर राष्ट्र निर्माण गर्न सकिन्छ।

नेपलमा प्राविधिक शिक्षाको अवस्था नेपालमा प्राविधिक शिक्षालाई कमै प्राथमिकता दिएको पाइन्छ।यसको उजागार गर्नकोलागी डा. महावीर पुन (“प्राविधिक शिक्षा नै युगको माग हो ,यसले नेपाललाई आत्मनिर्भर बनाउँछ”)पूर्ण रूपमा लगेकाछन्। तर विडम्बना यहाँ छकि यस कार्यमा राज्यको कुनै ध्यानाकर्षण भएको छैन। नत यस कार्यमा लागेकालाई नै राज्यले साथ दिएको छ। मेरो प्रश्न यहाँ छ राज्य किन यस विषय मा चुप बसेको छ? नेपालमा प्राविधिक शिक्षा प्रदान गर्ने क्षेत्रहरू CTEVT , pulchok campus, ThapaThali engineering campus ra अन्य विद्यालय र क्याम्पस रहेको छ।

यति हुँदाहुँदै पनि नेपाल प्रविधिक ज्ञान मा पछि नै रहेको छ। यसको पछाडि पनि विभिन्न चुनौतीहरु रहेको छ। अपर्याप्त प्रयोगशाला र सामग्री, परम्परागत शिक्षा मा बढी झुकाव , ग्रामीण क्षेत्र मा पहुच को अभाव । यसका सुधारको उपायहरू : सरकारले प्रविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ(बजेट बढाउने,नयाँ संस्था खोल्ने, सन्दर्भ सामग्री जम्मा गर्ने आदि।) महिला तथा ग्रामीण क्षेत्रका विद्यार्थीका छात्रवृत्ति उपलब्ध गराउने , ग्रामीण क्षेत्रको विद्यार्थीलाई प्राथमिकता दिने(अशिक्षा कै कारण नेपाल को डोल्पा जिल्ला जस्ता विगत स्थानमा युवा हरु मौसम मा यार्सा खोज्ने र बेमौसममा क्यारम, तास खेलेर दिन बिताउने गर्दछन)। प्रविधिक शिक्षा नेपालको आर्थिक र सामाजिक विकासको स्तम्भ हो। यसले रोजगारी र प्रविधि मैत्री वातावरण सृजना गर्दछ ।